Rule 13
आयोजनाको अवधारणापत्र र प्रस्ताव सम्बन्धी

(१) आयोजना सञ्चालन गर्न चाहने आयोजना कार्यान्वयन निकायले आयोजनाको अवधारणापत्र तयार गरी सचिवालयमा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अवधारणापत्र प्राप्त भएपछि सचिवालयले त्यस्तो
अवधारणा मूल कार्यसमूहमा पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको अवधारणापत्र छानविन गर्दा आयोजना कार्यान्वयन गर्न मनासिव देखिएमा मूल कार्यसमूहले त्यस्तो अवाधारणापत्र स्वीकृत गर्नेछ ।
(४) उपनियम (३) बमोजिम अवधारणापत्र स्वीकृत भएपछि आयोजना कार्यान्वयन गर्ने निकायको स्वीकृत अवधारणापत्र अनुसार समितिले निर्धारण गरेको ढाँचामा आयोजना सम्बन्धी प्रस्ताव तयार गरी सचिवालयमा पेश गर्नु पर्नेछ ।